बिबादित मध्यपुर थिमिले २ महिनापछि प्रमुख कार्यकारी पायाे

khabarwave
१ पुष २०७७

काठमाण्डाै । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मध्यपुर थिमि नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा चुरामणी पन्थीलाइ पठाएकाे छ । मन्त्रालयले बुधबार पन्थीलाइ  त्यहाँ पठाउने निर्णय गरेकाे हाे । पन्थी यसअघि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उपसचिब पदमा कार्यरत थिए । नपाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई मन्त्रालयमा फिर्ता पठाएपछि गएको कार्तिक ७ गतेदेखि मध्यपुर थिमि नपामा   गतिराेध थियाे । प्रमुख प्रशासकीय अधिकृत रिजाललाई सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय सरूवा गरेकाे छ ।

Loading spinner