अमेरिकाकाे खोप अभियान सुरु, १० करोड जनामा खोप पुर्याउने लक्ष्य

khabarwave
३० मंसिर २०७७

काठमाडौं ।  कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको हो ।  अमेरिकाले फाइजररबायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजररबायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो ।

न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जनाएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् ।अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । कोरोना संक्रमणबाट अमेरिकामा करिब तीन लाख जनाको मृत्यु भइसकेको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ ।फाइजररबायोएनटेक खोप अमेरिकाको एक ठूलो औषधि कम्पनी र जर्मन बायोटेक्नोलोजी कम्पनीका बीच आपसी समझदारीमा तयार पारिएको थियो । यो खोप ९५ प्रतिशत सुरक्षित रहेको बताइन्छ । बीबीसीकाे सहयाेगमा

Loading spinner