डा. बाबुराम भन्छन्, मृत्युशैयामा रहेको मान्छेले झुठो बोल्दैन, हिम्मत भए आयोग गठन गरेर छानविन गर्न युवा नेता रिजालको चुनौति

khabarwave
२६ मंसिर २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठमाथि करोड काण्डको अभियोग अहिले सामाजिक सञ्जालमा बहसको विषय भएको छ । पार्टीभित्रकोे गुटगत विवाद चर्किएको बेला नेकपाभित्र नयाँ बहसको विषयवस्तु बनेका छन् नारायणकाजी श्रेष्ठ । उनका बारेमा उनकै चुनावी प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमानसिंहले लगाएको आरोप निकै मार्मिक र गम्भीर भएको बताएका छन् भने नेकपाकै युवा नेता विष्णु रिजालले जसलाई जे कुरामा रिस उठेको त्यही कुरामा आलोचना गरे भइहाल्छ भनेर नारायणकाजीका बारेमा बाहिर टिक्का टिप्पणी भएका कुरामा छानविन गरे भइहाल्छ भनेर बचाउ गरेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत् कमानसिंहका बारेमा पछिल्लो समय उठेका विषयमा टिप्पणी गरेका हुन् ।

भनिन्छ मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन।मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्।जतिसुकै तर्करकुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनसक्दैन।चेतना भया।

नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली(गलौज गर्ने चलन चलेकै छ । तर, सार्वजनिक अडिओ(भिडिओ अनुसार उहॉले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।
शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता (कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जॉदैन र ।
तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ( को नेता र तिनका छोराहरू के(केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।

Loading spinner