सगरमाथाको नयाँ उचाइ कति ? आज घोषणा हुँदै

khabarwave
२३ मंसिर २०७७

काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज १.४५ बजे सगरमाथाको नयाँ उचाई घोषणा कार्यक्रम आयोजना गरिएको छ । मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले नयाँ उचाइ घोषणाको स्वीकृति दिएपछि आज विशेष समारोहकाबीच सगरमाथाको नयाँ मापन गरिएको उचाइ घोषणा गरिने नापी विभागले जानकारी दिएको छ ।चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

वि.स २०७२ को महा भूकम्प पछि सगरमाथाको उचाइमा परिवर्तन आएको नापी विभागको सर्वेक्षणमा उल्लेख गरिएको छ ।नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

नेपालले आफ्नै स्रोत र साधनमा पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको हो ।हालसम्म कायम रहेको सगरमाथाको ८ हजार ८ सय ४८ मिटर उचाइ सन् १९५४ मा भारतले मापन गरेको थियो ।

 

Loading spinner