मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठलाई

khabarwave
२० मंसिर २०७७

काठमाण्डाै ।  होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा  मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ  भनेर सोधिएको थियो ।उनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।श्रेष्ठ पेशाले किनरगार्डेन टिचर हुन् ।

 

Loading spinner