३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

khabarwave
२० मंसिर २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको जनाएकाे छ । काठमाडौं उपत्यकामा ४६० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ३४९ जना, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् ।

मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५सय ७७ जनाको मृत्यु भएको  छ । हाल देशभर १४ हजार २५५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा छन् भने ३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

Loading spinner