४६ दिनपछि अस्पतालकाे ताला खुल्याे ( यस्ताे छ-५ बुँदे सहमति)

khabarwave
२० मंसिर २०७७

काठमाडौं । ४६ दिनदेखि आन्दोलनमा वीर अस्पतालका कर्मचारीहरुले   पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् ।

आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै बीरका कर्मचारीहरु ४६ दिनदेखि आन्दोलनमा थिए । सहमतिमा भनिएकाे छ -कोभिड भत्ता वितरणमा देखिएका त्रुटी सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार वितरणको व्यवस्था गर्ने ,कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६÷७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ ।

 

Loading spinner