दोस्रो नम्बरमा सिफारिस भएकालाई सचिवमा बढुवा,दुई जना सहसचिवअख्तियारमा

khabarwave
१९ मंसिर २०७७

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  वरिष्ठ सहसचिव प्रेमनारायण कडेललाई सचिवमा बढुवा गरेको छ ।

बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । यसैगरी दुई जना सहसचिवको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीलाई आयोगमा सरुवा गरेको हो ।

 

Loading spinner