प्रदेश सरकार स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा

khabarwave
१८ मंसिर २०७७

काठमाडौं । प्रदेश २ सरकार संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै  अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ ।उनीहरुको रिटमा मंसिर २६ गते पेशी तोकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ ।

संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र रसमृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् । रिटमा प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ ।

 

 

 

Loading spinner