कोरोना बिमा रकम ७ दिन भित्रै भुक्तानी दिनू र जानकारी पठाउनू-अर्थ मन्त्रालय

khabarwave
१८ मंसिर २०७७

काठमाडौं ।अर्थ मन्त्रालयले कोरोना बिमा रकम ७ दिन भित्रै भुक्तानी दिन  पुनः ताकेता निर्देशन पठाएको छ । मन्त्रालयले  आफ्नो निर्देशन कार्यान्वयनमा नभएपछि पुनः ताकेता निर्देशन पठाएको हाे । स्राेतकाअनुसार  अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ ।

अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको छ ।अर्थमन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।

 

Loading spinner