सचिवालयदेखि सचिबसम्मकाे बेग्लाबेग्लै लिष्ट, उद्योग विभागकाे काम प्रभाबित

khabarwave
१७ मंसिर २०७७

काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाइ  उद्योग विभागमा तेराे कि मेराे शाखा अधिकृत  पठाउने भन्ने बारेमा हानाथाप भएको छ  ।  मन्त्रालय मातहात रहेको उद्योग विभागमा जानकै लागि भनेर हाल करिब आधा दर्जन शाखा अधिकृत सामान्य प्रशासन मन्त्रालयबाट  सरुवा भएर आएपछि  उद्योग  मन्त्रालयका लागि टाउको दुखाइको विषय बनेकाे छ ।

उता विभागमा शाखा अधिकृत नभएर  शाखाहरुकाे काम प्रभावित बन्न पुगेको अवस्थामा मन्त्रालयले भने  कर्मचारीलाई पठाउन सकेको छैन । मन्त्रीको सचिवालयले  उद्योग विभाग पठाउनेको नाम लिष्ट एउटा दिन्छ भने राज्यमन्त्रीको सचिवालय अर्कै लिष्ट । मन्त्रालयमा कार्यरत शाखा अधिकृत  विगत लामो समयदेखि बसिरहेकाले आफुहरू जान पाउनुपर्ने छुट्टै माग छ , उनिहरूकाे तर्क छ – नयाँ आउनेलाई मन्त्रालय राख्नुपर्ने आफूहरुले आफूहरू जान पाउनुपर्छ । सचिब चन्द्र घिमिरेले अलग्गै  लिष्ट थमाएका छन् ।

यी कारणले गर्दा मन्त्रालय प्रशासनलाइ शाखा अधिकृत  विभागमा पठाउन फलामको चिउरा चपाउनु सरह भएको छ ।  मो समयदेखि विभागमा  केहि शाखा अधिकृतकाे दरबन्दी  रिक्त छ भने कम्पनी रजिष्ट्रारका  कार्यलयमापनि  कर्मचारी पुरा छैनन।

Loading spinner