२ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त,१३०४ जनामा संक्रमण

khabarwave
१६ मंसिर २०७७

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३सय ४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् भने १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।मन्त्रालयका अनुसार देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् ।

 

 

 

Loading spinner