नेपालमा डब्लूएचओले मान्यता दिनासाथ कोरोनाको भ्याक्सिन ल्याउने तयारी

khabarwave
१५ मंसिर २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन ल्याउने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन ।

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रममा उहाँले नेपालको स्रोतसाधन र क्षमता अनुसार नै कोरोना विरुद्धको अभियानमा लडेको भन्दै त्यसमा सफलता मिलेको दाबी गर्नुभएकाे छ ।आज एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने मन्त्री ढकालको भनाई छ ।

 

Loading spinner