साधारणसभाकाे प्रधानमन्त्रीले बालुवाटारबाटै भर्चुअल प्रबिधिबाट उद्घाटन ,६२ पदका लागि १२७ जना चुनावी मैदानमा

khabarwave
११ मंसिर २०७७

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ साधारणसभा तथा महासङ्घको नयाँ कार्यसमितिको निर्वाचन हुने  अन्ततः ८ महिनापछि औपचारिकता पाउने भएको छ । महासङ्घको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु हुँदै छ ।  सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट हुने सोसभाको उद्घाटन बिहान साढे ११ बजेलाई तोकिएको  छ ।

कार्यतालिका अनुसार बिहीबार प्रधानमन्त्री मार्फत जुमबाट साधारणसभाको उद्घाटन गर्ने, मंसिर १२ गते शुक्रवार बिहान १० बजे जुमबाटै महासङ्घको साधारणसभाको बन्द सत्र कार्यक्रम सञ्चालन गर्ने र मंसिर १३ गते शनिवार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यसमिति छनोटको निर्वाचनका लागि भने महासङ्घले छुट्टाछुट्टै तीन स्थानको व्यवस्था गरेको छ । महासङ्घले उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की व्याङ्क्वेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासङ्घको आफ्नै सचिवालय, टेकुमा निर्वाचन केन्द्र रहने गरी व्यवस्था मिलाएको छ ।

महासङ्घको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।निर्वाचनका लागि समितिले ५ किसिमको मतपत्रको व्यवस्था गरेको छ । छुट्टाछुट्टै ५ रङ्गमा उपलब्ध हुने मतपत्र विषयगत उम्मेदवारका छुट्टाछुट्टै पदका लागि प्रयोग गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्लारनगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै ५४औं साधारणसभा पश्चात् महासङ्घको अध्यक्ष बन्ने छन् ।

 

 

Loading spinner