विश्वविख्यात मोडल शेर्पाद्वारा ५९औं पटक  रक्तदान

khabarwave
१० मंसिर २०७७

काठमाण्डाै ।  विश्वविख्यात मोडल एवं वरिष्ठ पर्यटन व्यवसायी आङतेम्बा शेर्पाले ५९औं पटक  रक्तदान गर्नुभएको छ । लायन्स क्लब अफ काठमाण्डाैद्वारा आज चक्रपथ भाटभटेनीमा आयोजित रक्तदान कार्यक्रममा शेर्पाले रक्तदान गर्नुभएको हाे ।

करिब  ४ महिनाकाे अन्तरालमा  रक्तदानमा सहभागी हुने गर्नुभएका शेर्पाले आफुलाई  रक्तदान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लाग्ने गरेको बताउनुभयो । उहाँले रक्तदान जस्तो पुण्यकाम जिबनमा अरू नभएको हुँदा आफु खुशी यस्ता कार्यक्रममा सहभागी हुने गरेको  प्रष्ट पार्नु भयाे । उहाँले खेर जाने रगतलाई  दान गरेर कसैको जीवन बचाउनेजस्तो  पुण्यकामअरु नहुने धारणा राख्दै समाजसेवी समेत रहनुभएका   शेर्पाले योग्य व्यक्तिहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन अनुराेध गर्नुभएको छ ।

Loading spinner