कोरोना संक्रमितको संख्या २ लाख २५ हजार नाघ्याे

khabarwave
१० मंसिर २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् ।

 

Loading spinner