१७९० जना कोरोना संक्रमितमध्ये ९४७ जना काठमाडौं उपत्यकामै, एकै दिन गयो २४ जनाको ज्यान

khabarwave
९ मंसिर २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यका मात्रै ९ सय ४७ जना संक्रमित भेटिएका छ् । यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ।
आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

काठमाडौं उपत्यकामा ९४७ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४४२ छ। ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन्। जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८९७ जना निको भएका छन्। भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन्।
काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एकै दिन गयो २४ जनाको ज्यान
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ। आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

Loading spinner