सामूहिक बलात्कारपछि हत्या प्रयासकाे अभियाेगमा दुईजना पक्राउ

khabarwave
९ मंसिर २०७७

काठमाण्डाै ।  सामूहिक बलात्कारपछि हत्या प्रयासकाे अभियाेगमा दुईजना पक्राउ, तीन वटा मुद्दा दर्ता भएकाे छ ।  जनकपुरकाे मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न भएको आरोपमा २० बर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतो पक्राउ परेका छन् । दुबै मिथिला नगरपालिका २ का बासिन्दा हुन् । उनीहरुबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको  प्रहरीले जानकारी दिएकाे छ ।

घटना मंसिर ३ गतेभएपनि सोमबार मात्र सार्वजनिक भएलगत्तै प्रहरीले घटनामा संलग्न भएका दुई युवकलाई पक्राउ गरेको हाे । फरार भएका एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

 

 

Loading spinner