२ जिल्ला कोरोना संक्रमणमुक्त, देशभर १६ लाख ७० हजार ४५६ जनाको पीसीआर

khabarwave
८ मंसिर २०७७

काठमाण्डाै ।   पछिल्लो २४ घण्टामा १९८० जना नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २२८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएकाे जनाएकाे छ ।  सोमबार मात्रै ३ हजार ४३ जना संक्रमणमुक्त बनेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये काठमाडौंमा ८ हजार ६६७ जना, भक्तपुुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् ।स्वास्थ्य  मन्त्रालयले  सोमबार थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १३३७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर १६ लाख ७० हजार ४५६ जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको परीक्षण भएको छ । मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ८ हजार ६६७ जना, भक्तपुुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् ।

बनेको छ ।

Loading spinner