लाैराे टेकेर बा-आमाहरू भत्ताकालागि धर्ना तथा नाराबाजी गर्दै,आर्थिक कारोवार ठप्प, मेयरले मागे ४८ घण्टाकाे समय

khabarwave
७ मंसिर २०७७

काठमाण्डाै ।  मध्यपुर थिमि नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिब ३५ सय नागरिकहरूले श्रावण महिनादेखि पाउन नसकेपछि आक्रोसित बन्न पुगेका  छन । अग्रज समाज नेपालका आयोजनामा गत शनिबार भएकाे सराेकारवालाकाे भेलाले मंगलबारसम्म         नगरप्रमुखलाइ समय दिने र साे समयभित्र माग पुरा नभए  बुधबार कार्यालय समय अगाबै नगरपालिकाको गेटमा धर्ना तथा नाराबाजी दिने कार्यक्रम तय गरेको छ ।

भेलाले आइतबार  नगरपालिका  र नाैवटै वडाहरुमा धर्ना तथा नाराबाजी गर्ने कार्यक्रम  गर्न लागेको भएपनि नगरप्रमुख मदनसुन्दर  श्रेष्ठले दुई दिनको समय माग गरी प्रदेश सांसद राजेन्द्रमान सिंहमार्फत  मार्फत भेलामा खबर पठाएका थिए ।उक्त भेलाले हाललाई नगरप्रमुखको आग्रहलाई स्वीकार गर्दै  मंगलबारसम्म पर्खीने निर्णय गरेको  अग्रज समाज नेपालका अध्यक्ष तथा उक्त अभियानका अगुवा माधबप्रसाद पराजुलीले  जानकारी दिनुभयाे । नगर उपप्रमुखसमेत सहभागिता रहेकाे उक्त भेलाले समयसिमाभित्र नगरप्रमुखले माग पुरा नगरे वृद्धवृद्धाहरू सामाजिक सुरक्षा भत्ताकालागि  दबाब सिर्जना गर्न नगरपालिकाकामै लाैराे टेकेर आइपुग्ने पराजुलीले बताएका छन् । उनले आफ्नो अधिकार स्थापित गर्न वृद्धवृद्धाहरू  जसरीपनि सफल हुने बताए । नगरपालिकाले सामाजिक सुरक्षाभत्ता मार्फत करिब ३ करोड रकम पहिलाे चाैमासिककाे दिन बाँकी छ । नसम्झौता नै नगराई करीव साता करोडमा योजनाहरुको भुक्तानी गर्न दवाव दिंदा नमाने पछि मनगढन्ते आरोप लगाई बहालवाला प्रमुख प्रशासकीय अधिकृत उद्धबप्रसाद रिजाललाई काम गर्नबाट वञ्चित गरे पछि दशैं तिहारका वीच अवधिमा नगरपालिकामा कुनै आर्थिक कारोवार भएका छैनन ।

अध्यक्ष महाप्रसाद पराजुली  सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो व्याप्त भएपछि  नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाइ पटकपटक सम्पर्क गर्दा पनि फोन नउठाएको भन्दै सरोकारवालाहरूको माग सम्बोधनका लागि शनिबार मध्यपुर थिमीमै सरोकारवालाको भेला राखिएको बताउँछन् । सानोठिमी नजिक  वन विभागको कार्यलय नजिक ओम बृद्धाआश्रममा सरोकारवालाको  भेला राखिएको र उक्त भेलाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकाे हाे ।यसअघि पनि जेष्ठ नागरिकको हकका हितका लागि अग्रज समाज नेपालले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ । मध्यपुरको समस्या जटिल बन्दै गएपछि समाजले अग्रसर भएको हो ।

 

Loading spinner