नेपाल प्रिमियर लिग आयोजना गर्न अन्तिम संम्झाैता हुँदै

khabarwave
४ मंसिर २०७७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न उपयुक्त कम्पनीलाई १० वर्षका लागि दिने तयारी गरेपछि यसका बारेमा बहस सिर्जना भएको छ । क्यानले आयोजना गर्ने प्रतियोगिताको ब्यवस्थापकिय जिम्मा क्यानले भारत दिल्लीमा रहेको एस थ्री स्पोर्ट्स नामको कम्पनीलाई दिने प्रारभ्भिक संम्झाैता बिगत केहि समयअघिनै गरिसकेकाे हाे   जसमा क्यानका अध्यक्ष र महासचिबले हस्ताक्षर गरिसकेका छन ।  अन्तिम संम्झाैता हुन बाँकि छ ।  उक्त     कम्पनीलाई १० वर्षका लागि ४२ करोड रुपैयाँमा दिने तयारी गरेको हो । नेपाल क्रिकेट संघको बुधबार सम्पन्न भर्चुअल साधारणसभाले टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न उपयुक्त कम्पनीलाई दिने निर्णय गरेको  सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नेपाल प्रिमियर लिग सञ्चालन गर्नेमा सम्पूर्ण वार्षिक साधारणभाका सदस्यहरुको एकमत रहेको र नेपाल क्रिकेट संघको स्वामित्वमा रहने गरी नेपालको हितका पक्षमा केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको आयोजना गर्न एस थ्री स्पोर्ट्स कम्पनिसँग अन्तिम सम्झौता गर्ने अधिकार दिएको बताइएको छ । कार्यसमितिलाई उक्त अधिकार दिएका कारण केही समयभित्रै क्यानले प्रिमियर लिगसम्बन्धी सम्झौता प्रक्रिया अघि बढाउने भएको छ । सो बमोजिम उक्त कम्पनीलाई कार्य समितिले निर्णय गरेर करार सम्झौता गर्ने बताइएको छ ।

साधारणसभाले निर्णय नै नगरेको विषयलाई लिएर अहिले विभिन्न सञ्चार माध्यममा भारतीय कम्पनीसँग जोडेर उक्त कम्पनीलाई प्रिमियर लिग प्रतियोगिताको सबै जिम्मा दिन लागियो ,क्यानकै अस्तित्व मेट्न लागियाे  भनेर प्रचार गरिनु दुर्भाग्य भएको क्यानकै एक सदस्यले बताए । जुन कम्पनीसँग अन्तिम सम्झौतै भएको छैन उक्त कम्पनीलाई जिम्मा दिइयो भनेर प्रचार गरिनु कम्पनीको मात्रै होइन क्यानको समेत बदनाम भएको उनको धारणा थियो । ती सदस्यका अनुसार, नेपाल प्रिमियर लिग सञ्चालन गर्न थ्री स्पोर्ट्स नामको कम्पनीलाई दिनेमा सम्पूर्ण वार्षिक साधारणभाका सदस्यहरुको एकमत रहेको अबस्थामा सहभागी भएका केही सदस्यहरुको हवला दिँदै जुन प्रचार गरिएको छ जसमा कुनै सत्यता नभएको उनको दाबी छ ।

क्यानले यसअघि पनि प्रिमियर लिग आयोजना गर्न पटक पटक प्रयास गरे पनि आर्थिक समस्याकै कारण सफल हुन सकेको थिएन । केही समयअघि नेपाल टेलिकमले प्रिमियर लिग आयोजना गर्न संघलाई १ करोड आर्थिक सहयोग गर्ने चर्चा चले पनि त्यो कार्यान्वयन भएन । क्यानको इतिहासमै पहिलो पटक उपयुक्त कम्पनीलाई प्रिमियर लिग आयोजना गर्न दिने र त्यसबाट क्रिकेट खेलको समेत विकास गर्न अग्रसर भइरहेको बेला क्रिकेटप्रेमीकाे मनाेबल उकास्ने याे निर्णयकाे स्वागत  गर्नुपर्नेमा विरोध गर्नुको कुनै औचित्य नभएको जानकारहरु बताउँछन् ।

Loading spinner