मेयर र कार्यकारीको झगडाले बा–आमाको भत्तै बेपत्ता, चरणबद्ध आन्दोलनको तयारी

khabarwave
४ मंसिर २०७७

काठमाण्डाै । वडादशैं अघि नै वितरण गरिसक्नु पर्ने सामाजिक सुरक्षा भत्ता मध्यपुर थिमि नगरपालिकामा  साउन महिनादेखि अझै वितरण नभए पछि सरोकारवालाहरु आन्दोलनमा उत्रने तयारीमा देखिन्छन । करीव एक लाख जनसंख्या रहेको नगरपालिकामा नागरिकहरु ३५सय भन्दा बढीकाे संख्यामा रहेका छन् । उनीहरुका लागि सरकारले मासिक दिने सुविधा श्रावणदेखि नपाएको सरोकारवालाहरु वताउँछन् ।  सामाजिक सुरक्षा भत्ता बापत मात्र गत चाैमासिकमा ३ कराेड भन्दा बढी बितरण हुन बाँकी छ ।

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली  सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो व्याप्त भएपछि  नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाइ पटकपटक सम्पर्क गर्दा पनि फोन नउठाएको भन्दै सरोकारवालाहरूको माग सम्बाेधनका लागि शनिबार के गर्ने भन्नेबारेमा मध्यपुर थिमीमै सराेकारवालाकाे भेला राखिएको बताउँछन् । सानोठिमी नजिक  वन विभागको कार्यलय नजिक ओम बृद्धाआश्रममा सरोकारवालाको  भेला राखिएको र उक्त भेलाले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पराजुलीको भनाई छ । उहाँका अनुसार आइतबार  ९ वटै वडा कार्यालयमा ज्येष्ठ नागरिकले धर्ना र नाराबाजी दिने कार्यक्रम छ भने साेमबार नगर पालिकाकाे कार्यालयमा  नगरप्रमुखलाइ ज्ञापनपत्र दिने र घेराउ गर्ने कार्यक्रम  तय गर्न लागिएकाे पराजुलीले जानकारी दिएका  छन । यसअघि पनि जेष्ठ नागरिककाे हकका हितका लागि अग्रज समाज नेपालले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ । मध्यपुरको समस्या जटिल बन्दै गएपछि समाजले अग्रसर भएको हो

सम्झौता नै नगराई करीव साता कारोडमा योजनाहरुको भुक्तानी गर्न दवाव दिंदा नमाने पछि मनगढन्ते आरोप लगाई बहालवाला प्रमुख प्रशासकीय अधिकृत उद्धबप्रसाद रिजाललाई काम गर्नबाट वञ्चित गरे पछि दशैं तिहारका वीच अवधिमा नगरपालिकामा कुनै आर्थिक कारोवार भएका छैनन ।

नगरप्रमुख मदन सुन्दर श्रेष्ठले मिडियामा तिहार अघि नै मन्त्रालयले नस्याँ प्रमुख प्रशासकीय अधिकृत खटाउने बताउँदै आए पनि तिहार वितिसम्दा पनि मन्त्रालयले खटाउने कर्मचारी बारे कुनै चर्चा परिचर्चा छैन । नक्सा पास सम्वन्धि सफ्टवेयरबाट प्रमुख प्रशासकीय अधिकृतको युजर नेम र पासवर्ड आफैं हटाउन लगाएका मेयर श्रेष्ठले शुरुमा नक्सा पास आफैंले गर्ने इच्छा देखाए पनि मिडियामा चर्चा भए पछि उक्त काम गर्न सकेका छैनन । दैनिक १५ वटा जति नक्सा पेश हुने नगरपालिकामा हाल एकहजारभन्दा बढी नक्सा प्रकृयामा रहेका छन् । यसरी नक्सा पास प्रकृया रोक्दा स्थानीय नागरिकहरु रुष्ट बनेको वडा नं.३ का वडाध्यक्ष प्रेम कुटु बताउँछन् ।

बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न पनि नदिने अनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजेर ल्याउन पनि नसक्ने कारणले तिहारजस्तो चाडमा तलव भत्ता खान नपाएर विचल्ली परेको कर्मचारीहरुको गुनासो रहेको छ । निर्वाचित प्रतिनिधिहरुको समेत कार्तिकको सुविधा नभएकोले तिहार खल्लो भएको कुरा वडा सदस्यहरुले वताएका छन् ।

नगरपालिका अन्र्तगत संचालित कमेरेटार जग्गा एकीकरण आयोजनामा बोलबकोल प्रकृयाबाट जग्गा खरिद गर्ने खरिदकर्तालाई नगरपालिकाले लाभकरको विषयमा प्रष्ट पार्न नसकेकाले आयोजनाले जग्गा पास गरेर दिन सकेको छैन । खरिदकर्ताहरु आयोजनामा सम्पर्क गर्दा नगरपालिकामा सोध्नु भन्ने जवाफ दिएर आयोजनाप्रमुख उम्कने गरेका छन् ।

नगरपालिकाका प्रवक्ताद्धारा मिति ०७७/०७/२५ मा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ “नेपाल सरकारले जेष्ठ नगरिक र अशक्तहरुलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्य नगरपालिकाहरुले झैं दशैं अघि नै वितरण गर्नबाट हामी चुकेका छौं । कतिपय वडामा कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण भै कार्यालय नै बन्द गर्नु परेको तथा सो सम्वन्धमा उपमेयरज्यू लगायत वडाध्यक्षहरुले बैठक बसी आत्मआलोचना समेत गरिसक्नु भएको छ । जे जसको कारणले भए पनि सुविधा पाउने नागरिकहरुको अधिकारको सम्मान गर्न हामी चुक्नु हुन्न । हाल विवरण अद्यावधिक भैसकेको बुझिएकाले यसलाई निकासा माग गरी वितरण गर्न नगरप्रमुखले आवश्यक कार्यवातावरण बनाउनु पर्नेमा कार्यपालिका सदस्यहरुले जोड दिनु भएको छ ।

Loading spinner