कमिटीका बैठक बस्ने निर्णय गर्नु सकारात्मक भएकाे रावलकाे टिप्पणी, मुख्यमन्त्री भन्छन- अर्को प्रस्ताव ल्याउन समय दिनु गलत

khabarwave
४ मंसिर २०७७

काठमाण्डाै ।  नेकपाका प्रभाबशाली नेता भीम रावलले मंसिर ३ गते नेकपा सचिवालयको बैठकले सचिवालय,स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक बस्ने निर्णय गर्नु सकारात्मक भएकाे बताएका छन । उनले सामाजिक संजाल ट्ववीटरमार्फत धारणा राख्दै अब सबैले पार्टी विधान,विधि र पद्धति अनुरूप चल्ने,विवाद र मतभेदलाई पद्धतिसम्मत रूपमा बैठकबाट टुंग्याउने तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राख्ने गरी अघि बढ्नुपर्छ भनेका छन ।

 

त्यस्तै नेकपाका नेता एबं मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक संजालमा लेखेका छन –      पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरुगर्नेछ

 

Loading spinner