अन्तरविरोध चुलियो, भोलि हुने सचिवालयमा ओली नजाने

khabarwave
२ मंसिर २०७७

काठमाडौं । पूर्व निर्धारित समयअनुसार मंसीर ३ गते दिउँसो १ बजे निर्धारित नेकपा सचिवालय बैठक हुनेछ । सो बैठक सार्ने प्रधानमन्त्री तथा अध्यक्षको कोशिस जारी नै रहेको छ । आफूभित्रको घेराबन्दी तोड्न नसकेकै कारण प्रधानमन्त्री ओली जसरी पनि बैठक असफल बनाउने योजनामा छन् ।

यसअघि भोलिको बैठक सार्न एकाएक ओलाङ्ग्चुङ्ग्गोला जाने कार्यक्रम तय हुँदै थियो । तर,आज उक्त कार्यक्रम रद्द भएको छ । यसै सिलसिलामा बैठकको समय लिन र आवश्यक प्रबन्ध मिलाउन महासचिव विष्णु पौडेल सोबार बिहानै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुग्नुभएको छ ।

पौडेल खुमलटार पुगेको विषयलाई भोलिको बैठक स्थगित भएको रूपमा बालुवाटारले व्यापक प्रचार र छरपस्ष्ट पारेको देखिन्छ । यद्यपि बैठक स्थगितको टुंगो नभइसकेको बताइन्छ । तर, बैठक भएपनि प्रधानमन्त्री तथा अध्यक्षचाहिँ अनुपस्थित हुने पक्का भएकाले एक पक्षीय उपस्थितिबाट मात्रै गरिएको निर्णय मान्ने नहुने खतरा पनि उत्तिकै छ ।

यी सबै घटनाक्रमले नेकपाभित्रको अन्तरबिरोध झन् चुलिँदै गएको प्रष्ट हुन्छ । यस्तो अवस्थामा बोलाइएको बैठकले कस्तो निर्णय गर्ला भन्ने कौतुहलता र आशंका सर्वत्र रहेको देखिन्छ ।

Loading spinner