कोरोनाको खोप उत्पादकले गरे यस्तो दाबी

khabarwave
१ मंसिर २०७७

काठमाडौँ । विश्व महामारी कोरोनाले सारा संसार आतंकित भइरहेको बेला खोपको प्रयोगसँगै आउदो वर्षको जाडोयामसम्म कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा आउने खोप उत्पादकहरूले दाबी गरेका छन् । औषधि उत्पादक कम्पनी बायोटेकका सहसंस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइसक्ने जनाएका छन् ।

गर्मीयाममा सफल भइसक्ने खोपमा आम मानिसको सहज पहुँच पुग्ने र जाडो याम सुरू हुँदा त्यसको असर कम भइसक्ने साहिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जनाएको थियो । झण्डै ४३ हजार जनाले उक्त खोपको परीक्षणमा सहभागिता जनाएका थिए ।

बायोटेकले तयार पारेको उक्त खोप सफल भएको दाबीसँगै कोरोना नियन्त्रणमा आउने आशा पलाएको छ । बेलायतले बायोटेक÷फिजर कम्पनीले यो वर्षको अन्त्यसम्म १० लाख डोज खोप तयार गर्ने बताएको छ ।

Loading spinner