राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपतिकाे विश्‍वास

khabarwave
१ मंसिर २०७७

काठमाण्डाै। राष्ट्रपति विद्यादेवी भण्डारीले “नेपाल संवत् ११४१” को अवसरमा आजको दिनले राष्ट्रिय विभूति साख्वाको उक्त परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन  सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ  ।नेपाल संवत् ११४१” को अवसरमा एक  शुभकामना सन्देश  जारी गर्दै नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले  यसलाई थप सुदृढ बनाउँदै लगेकाे बताउनुभएकाे छ । उहाले भन्नुभएकाे छ –  राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ ।

लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाल संवत्‌ले संपूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ पुनस् नेपाल संवत् ११४१ हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

Loading spinner