निर्दयी बाउ, जसले चक्कु प्रहार गरेर छाेराकाे हत्या गरे

khabarwave
३० कार्तिक २०७७

 

काठमाण्डाै ।  सुन्दै पत्यार नलाग्ने,रूपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु प्रहरीले बताएकाे छ । घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु छ ।

मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका र छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको थियाे ।

Loading spinner