गगन थापालाई भोट माग्दै डा गोविन्द केसी

khabarwave
२५ कार्तिक २०७९

कठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको पक्षमा भोट मागेका छन्। अब देशको नेतृत्व युवाले गर्नुपर्ने भन्दै उनले गगन थापामा त्यो क्षमता भएको पनि बताएका छन्। अब देशको नेतृत्व युवाहरुले गर्नुपर्छ, त्यो क्षमता उहाँमा छ, उनले भनेका छन्, युवाहरुमध्ये पनि गगन थापा अग्र सूचीमा हुनुहुन्छ। देशलाई सही मार्गचित्र दिनसक्ने नेताहरुको खाँचो भएको भन्दै केसीले विवेकमा उभिएर बोल्न सक्ने र अडान लिन सक्ने नेता थापा भएकोले सफलतापूर्वक देशको नेतृत्व गर्नसक्ने पनि बताए। स्वास्थ्य क्षेत्र सुधारमा गगन थापाको सहभागिता र सहयोग महत्वपुर्ण भएको भन्दै केसीले सुरु देखिनै अभियानमा उनको सहयोगले धेरे उपलब्धिहरु प्राप्त भएको बताए। अन्य पार्टीका युवा नेताहरु निहित स्वास्र्थ पुर्तिमा लागेर आफ्नो अभियान कमजोर पार्न लागिपरेको भन्दै उनले गगन थापाको सहयोग प्राप्त नभएको भए अहिलेका उपलब्धिहरु प्राप्त गर्न नसकिने बताए।

Loading spinner