पूर्व राष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा फेरि जेल

khabarwave
१४ कार्तिक २०७७

सियोल । सुब्बा र खरदारलाई मात्र भ्रष्टाचारको आरोप लाग्ने हाम्रो जस्तो मुलुकमा ठूला बडालाई कानुनले छुँदैन तर विधिमा चलेका मुलुकमा जोसुकैले भ्रष्टाचार गरे पनि सजायँको भागिदार बन्दछन् ।

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन ।

यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ । उनलाई जेलमा फिर्ता लान प्रहरी उनको सियोलस्थित घरमा पुगेको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए भने उनको उक्त अनुरोधलाई प्रहरीले उनलाई सोमबार हिरासतमा लिनेगरी मानेको छ ।

अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्व राष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् । लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । तर उनले उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ बर्षका लागि सजाय तोकिएको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नया निर्णय नहुँदासम्मका लागि उनलाई जमानतमा रिहा गरिएको थियो ।

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुष स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो । लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्नता रहेको आरोप लागेको छ ।

स्मरण रहोस् लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुष स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले आफ्नो जेल सजाय विताइरहेका छन् । पूर्व राष्ट्रपति तथा उदारवादी नेता रो मू ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्म हत्या गरेका थिए । रो वर्तमान् राष्ट्रपति मून जाय इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गरेका थिए ।

Loading spinner