चाैतर्फी दबाबपछि चौरसिया हत्याको अभियोग लागेका पूर्व सभासदसहित १२ जनाविरुद्ध जाहेरी  दर्ता

khabarwave
१३ कार्तिक २०७७

काठमाण्डाै । चाैतर्फी दबाबपछि सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी  दर्ता भएको छ । बिहीबार एकसाता पछि चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो ।

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा  ३७ नेताहरूले केहिसमयअघि मात्र कारबाहीकालागि बिज्ञप्ति निकालेका थिए ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो । यता जाहेरी दर्तासंगै अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको छ । मृतकको शुक्रबार नै अन्त्यष्टि गरिने समेत बताइएकाे छ ।

 

Loading spinner