नेकपाका मातृका यादवसहित ३७ जना नेताहरुकाे संयुक्त माग-मुकेशको हत्यामा संलग्नलाई कारबाही हाेस

khabarwave
१३ कार्तिक २०७७

काठमाडौं । नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्या प्रकरणले सत्तारूण दलभित्रै शंकाकाे बातावरण श्रृजना गरेकाे छ । यसै शिलशिलामा  नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताहरुले केही दिनअघि हत्या गरिएका नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्न’लाई कारबाही गर्न माग गरेका छन् ।

गत बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा नेकपाकै दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको भोलिपल्ट बिहान मृत्यु भएको थियो । हत्यामा संलग्न’लाई कारबाही गर्न माग गर्ने ३७ जना नेताहरुमा   नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायतका छन ।  ३७ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पीडित निवेदकको जाहेरी दर्ता गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दे प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको जिकीर गरेका छन् ।

उनीहरुले यो घटनालाई सुनियोजित भनेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा से कडा कारबाही गरिनुपर्दछ ।चौरसियाको मृत्युपछि पर्सामा नेकपा कार्यकर्ताहरूले दिनहुँजसो गर्दै आएका छन् ।

 

 

 

Loading spinner