८हजार २सय ४८ नमुना परीक्षण गर्दा १९सय ५४ मा संक्रमण पुष्टि, दैनिक ब्रिफिङबाट पनि सरकारले हात झिक्याे

khabarwave
१२ कार्तिक २०७७

काठमाडौं । देशभरका प्रयोगशालामा ८हजार २सय ४८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १९सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार  नयाँ संक्रमितमध्ये ८सय ४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६सय ९६ जना, ललितपुरका १सय १८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ

Loading spinner