नमूना विद्यालयलाई निःशुल्क जग्गा

khabarwave
१ आश्विन २०७८

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा स्थापित दुर्गा बहादुर श्रेष्ट उत्कृष्ट शाखा सभापति पदक यस पटक कास्की जिल्लाले पाएको छ । नेपाल अरबुर्द रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष धनकुटा निवासी लोकेन्द्र कुमार श्रेष्ट (ईश्वर) ले वि.सं. २०५८ साल मा बुवाको नाममा सो पुरस्कार स्थापना गर्नु भएको थियो । सो पुरस्कार वर्षेनी संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गरिँदै आएको छ । निवर्तमान अध्यक्ष श्रेष्ठले धनकुटाको सिधुवा स्थित सरस्वति उच्च माबिलाई निःशुल्क जग्गा प्रदान गर्नुभएको थियो । सो जग्गा श्रेष्ठले २०७६ साल साउन २९ गते स्कुलको नाममा हस्तान्तरण गरेका थिए । सो विद्यालयले रजत महोत्सव मनाउँदै गर्दा श्रेष्ठले १ रोपनी १० आना जग्गा स्कुलका नाममा पास गरिदिएका थिए । सो विद्यालय हाल नमूना विद्यालयको रुपमा सरकारले घोषणा गरेको र केही समय अघि नमूना विद्यालयको रुपमा उद्घाटन समेत भएको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा श्रेष्ठले सामाजिक भावनाका साथ आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् ।

Loading spinner