नेपाल अर्बुद रोग निवारण संस्थाको बार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

khabarwave
१ आश्विन २०७८

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको ३९ औं बार्षिकोत्सव भाद्र ३१ गते बिहीबार विविध कार्यक्रम गरी सम्पन्न गरियो । विगत वर्षहरुमा भौतिक उपस्थितिमा मनाइँदै आएको संस्थाको वार्षिकोत्सव कोभिड महामारीका कारण गतवर्ष जस्तै यस वर्ष पनि प्रविधिको प्रयोग गरी मनाइएको थियो । संस्थाका कावा अध्यक्ष महेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता पुर्व स्वास्थमन्त्री गगन कुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा क्यान्सर रोगको नियन्त्रणमा क्रियाशील विभिन्न क्षेत्रका ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा क्यान्सर पदक समाजसेवा सम्मानबाट चितवन शाखाका पुर्व सभापतिहरू दिनेश कुमार चुके र प्राबिधिक तर्फ भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठलाई प्रदान गरियो भने दुर्गा बहादुर श्रेष्ठ उत्कृष्ट शाखा सभापतिपदक कास्की शाखाका सभापति प्रेम भुजेललाई प्रदान गरियो यसैगरी गोमादेवि बराल स्मृति पदक सिराहा जिल्ला सभापति अशोक अमात्य लाई प्रदान गरियो यसैगरी अर्बुद रोग पत्रकारिता पदक मन्दिरा ढुङेललाई प्रदान गरिएको थियो । क्यान्सर रोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि गठन भएको उक्त संस्थाले मुलुकका ५५ वटा जिल्लामा शाखा विस्तार गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । वार्षिकोत्सव कार्यक्रममा संस्थाका कावा अध्यक्ष महेश श्रेष्ठले संस्थाले आगामी दिनमा अझै प्रभावकारी गतिविधि सञ्चालन गर्ने प्रद्धिबद्धता व्यक्त गर्नुभएको थियो भने संस्थाका महासचिव विमल होडाले हालसम्म संस्थाले गरेका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर)ले संस्थाले आगामी दिनमा अझै नयाँ कार्यक्रम ल्याएर अगाडि बढ््ने बताउनुभएको थियो ।

Loading spinner