स्वास्थको लागि पदयात्रा समुहकाे मृगौला पीडितलाई सहयाेग

khabarwave
२७ भाद्र २०७८

धनकुटा । उपचारको क्रममा ठुलो धनराशि खर्च हुने हुँदा सामुहिक रूपमा भए पनि सहयोग गर्ने प्रयास गरौं भन्ने अभियान अन्तर्गत एक मृगौला राेगिलाइ सहयाेग गरिएकाे छ ।
प्रकृति सगँ रमाउदै स्वास्थको लागि पदयात्रा समुह धनकुटाले १७६ सनिबार पदयात्रा पुरा गर्ने क्रममा धनकुटा नगरपालिका वडा नं. ३ निवासी  सुवास थापा केही समय देखि मृगौला सम्बन्धि रोगबाट समस्यामा परि शिक्षण अस्पताल, काठमाण्डौमा उपचारतकाे प्रक्रियामा रहि हाल मृगौला प्रत्यारोपणको प्रक्रिया अगाडि बढी रहेको अवस्थामा पुगेको हुँदा पदयात्राको क्रममा पदयात्रा समूहका अध्यक्ष मनोज नारायण श्रेष्ठ पदयात्राकै क्रममा हस्तांतरण समुह का संमरछेक ईश्वर श्रेष्ठ कोषाध्यक्ष उद्वब श्रेष्ठ सदस्य नीलेश श्रेष्ठकाे उपस्थितिमा समुहको तर्फबाट स्वास्थ्य लाभको कामना गर्दै दशहजार सुबासका बुबा गोपाल थापालाई हस्तान्तरण गरिएको छ ।

राज्यको माथिल्लो दर्जा मा बस्नेहरूले उपचारका नाममा  करौडौं खर्च गर्छन तलका बिपन्न नागरिककाे लागि सहयोग  हुने गरेकाे छैन । तर बर्तमान शेरबहादुर देउवाको सरकारको  गत शुक्रबार ल्याएकाे बजेटमा  जीविका पार्जनकालागि क्यान्सर , मुटु , मिर्गौला स्पाईनलका बिमारी लाई प्रतिमहिना पाँच हज़ार प्रत्येक महीना दिने निर्णयको अभियानकर्ता ईश्वर श्रेष्ठले स्वागत गर्नु भएकाे छ । साेकालागि नेपाल अर्बुद रोग निवारण संस्थाको बिशेष पहल रहदै आएकाे छ ।

Loading spinner