आर्थिक बोझ कि आवेगको अपराध हो भक्तपुर हत्याकाण्ड ?

khabarwave
२७ भाद्र २०७७

काठमाडौं । कोरोना कहरले आर्थिक क्षेत्रमा पारेको असरले दुर्घटना निम्त्याउन थालेको छ । कोरोना कहरकैबीच जीवनदेखि निराशा छाएर आत्महत्याको दर उकालो लागिरहेको बेला भक्तपुरमा एक युवकले परिवारै सखाप पारेपछि आत्महत्या गरेको आशंका गरिएको छ । शुक्रवार मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा एउटै घरभित्र तीन जनाको शव भेटिएको घटना रहस्यम बन्दै गएको छ। घटना हत्या वा आत्महत्या के भन्ने खुल्न सकेको छैन।

शुक्रवार करिव ५ बजेतिर एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानमा महानगरीय प्रहरी परिसर भक्तपुर, केन्द्रीय अनुसन्धान व्यूरो, महानगरीय अपराध महशाखाको टोली लागि परेको छ। घटना हत्यापछिको आत्महत्या हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको प्रारम्भीक अनुसन्धानले देखाएको छ। तर, त्यसको स्वतन्त्र पुष्टि हुने आधार तयार भइसकेको छैन।

साढे तीन तले घरको भुई तलामा अधिकारी दम्पतीले किराना पसल संचालन गर्दै आएका थिए। यसबाहेक अरु पेशामा उनीहरुको संलग्नता देखिएको छैन । शुक्रवार प्रहरीले महिला र किशोरको शव खाटमा फेला परेका थिए। पहिलो तलामा छोराको शव भेटिएको थियो। शवको टाउकोमा चोट परेको देखिएको छ। त्यस्तै शवलाई पिताम्वर ओडाइएको छ। त्यसभन्दा माथिको तलामा आमाको शव भेटिएको थियो। शवको प्रकृति छोराको जस्तै छ। टाउकोमा चोट शरीरमा सेतो बुट्टे पिताम्बर ओडाइएको।

घरको माथिल्लो तलामा सुदीपको शव भेटिएको हो। सुदीपको तुलनामा बाँकी दुई शवबाट बढी गन्ध निस्किरहेको थियो। पुरुषको भने मृत्यु ढिलो भएको देखिन्छ। सुदीपको शव घोप्टिएको अवस्थामा भेटिएको हो। उनको कमिजमा रगतका छिटाहरु समेत देखिएको छ। त्यस्तै बाथरुममा बान्ता समेत गरेको भेटिएको छ। प्रहरीले बान्दा समेत परिक्षणको लागि पठाएको छ। यसरी घटनाको प्रारम्भीक अनुसन्धानले तीन जनाको मृत्यु फरक समयमा भएको देखाएको छ।

सुदीपको शव केही फ्रेस भएकाले पहिले आमा–छोराको हत्यापछि त आफूले आत्महत्या गरेनन् भन्ने प्रश्न उठेको छ । घरमा कुनै लुटपाट चोरी समेत भएको नदेखिएकाले घटना घरभित्रकै सदस्यबाट भएको हुनसक्ने संकेत मिल्छ। घटनास्थलबाट प्रहरी पिठोमा मुछिएको शंकास्पवद बस्तु समेत फेला पारेको छ। प्रहरीले पिठोमा बिष हुनसक्ने अनुमान गरेको छ। मानिस मात्रै होइन घरमा पालिकएको कुकुर पनि मृत अवस्थामा फेला परेको छ । कुकुरले पनि त्यही बिष मिसिएको पिठो खाएर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

मृतकका बुबाआमा र भाइ सोही नगरापलकाको वडा नम्बर ६ मा बस्दै आएका छन्। उनीहरु भने केही समयअघि घर बनाएर सरेको थिए। उनले लकडाउनको समयमा ससुरालीबाट २ लाख रुपैयाँ ऋण समेत लिएको देखिएको छ। घर पनि बैंकमा धितो राखेको देखिएको छ। श्रीमती र छोरासँग केही समयदेखि विवाद समेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आज बिहान प्रहरीले घर वरिपरि खोजतलास गर्दा धानबारीमा दुईवटा विषादीको बट्टा समेत फेला पारेको छ।

Loading spinner