प्रदेश सभाको मुल गेट अगाडि राष्ट्रिय अपांग महासंघको रिले अनशन

khabarwave
२२ भाद्र २०८०

 

दाङ । लुम्बिनी प्रदेशले संसदमा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा आरक्षण कोटा घटाएको भन्दै लुम्बिनी प्रदेश सभाको मुल गेट अगाडि राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले रिले अनशन गरेको छ ।

लुम्बिनी प्रदेशले ५ प्रतिशत अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग राख्दै लुम्बिनी प्रदेश सभाको मूल गेटअगाडि अपांग महासंघ लुम्बिनी प्रदेशले रिले अनशन गरेको हो ।बिहीवारदेखि अनसन सुरु गरेका उनीहरुले शुक्रवार पनि अनसन जारी राखेका छन् । निजामती कर्मचारी विधेयकमा आरक्षण कोटा अन्तर्गत अपांगताको कोटा ५ प्रतिशत रहँदै आएकोमा ३ प्रतिशतमा झारिएको भन्दै प्रावधान सच्याउनु पर्ने माग उनीहरुको छ ।

अन्य प्रदेशमा अपांगता कोटा ५ प्रतिशत कायम रहेकोमा लुम्बिनीमा अपांगताहरूको आरक्षण कोटा घटाएको भन्दै विरोध स्वरुप अनसन सुरु गरिएको गरिएको राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव मनोज पंगेनीले बताए ।प्रदेशमा हाल विचाराधिन रहेको निजामती सेवाको गठन सर्तसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकको दफा ११ मा पदपूर्तिसम्बन्धी विशेष व्यवस्थापनमा अपांगता भएका व्यक्तिहरुको लागि ३ प्रतिशत कोटा गरिएको प्रति विरोध जनाएको उनले बताए । उनले पदपूर्तिसम्बन्धी व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने राष्ट्रिय अपांग महासंघ माग राखेको बताए ।

अपांगता भएका व्यक्तिहरुलाई सरकारी सेवामा मूलप्रवाहीकरण गर्नुपर्ने, नेपालको संविधानको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, अपांगता भएका व्यक्तिहरुको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा र प्रवर्द्धन, अपांगता भएका व्यक्तिहरुमैत्री सासन प्रवर्द्धन, समाजिक न्याय प्रदान गर्नुपर्ने माग उनीहरुको छ ।

यता लुम्बिनीमा सम्भवतः आजै प्रदेश सभाको बैठकबाट निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी छ । अहिले लुम्बिनी प्रदेश सभाको बैठक जारी छ ।

Loading spinner