एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको शपथ लिने तयारी

khabarwave
२२ भाद्र २०८०

सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी       गरेका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेकाे तयारी छ । एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ । मेन्याङ्वाेले कार्की नेतृत्वको सरकारमा यसअघि नै पनि मन्त्री भएर काम गरेका थिए ।

गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन सकेका थिएनन् । त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरेको छ ।

Loading spinner