ट्राफिक कुट्नेलाई मुद्दाको भारी

khabarwave
१९ भाद्र २०७७

काठमाडौं । काम गरेर खान पाउनुपर्छ भन्ने आन्दोलन पनि होइन, कोरोना कहरका कारण बाध्यतावश रोकिएको जात्राका विषयलाई लिएर उर्लिएको भिडले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आज ललितपुरमा कफ्र्यु नै लगाउनु परेको छ ।

ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो। उनीहरूलाई परिसरले शुक्रबार ललितपुर जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदैछ। उनका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूलाई अनुसन्धान भइरहेको छ। बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भीडले प्रहरी जवान घिमिरेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए। जवान घिमिरे भाग्न सकेका कारण उनको ज्यान जोगिएको थियो। टाउकोमा रहेको हेल्मेट नफुस्किएका कारण इँटा प्रहारबाट उनी बचेका थिए।

घटनापछि ललितपुर परिसरले बेलुका सिसिटिभी भिडिओसमेत अनुसन्धान गरी ९ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ललितपुर १६ गावाहलका महेश बज्राचार्य, ललितपुर ११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवि शाक्य, १६ का रविन शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी ८ का श्याम श्रेष्ठ र काठमाडौं १६ का यादवलाल कायस्थ छन्। अन्य केहीलाई प्रहरीले पक्राउ सूचीमा राखेको छ।

Loading spinner