कोरोना संक्रमितको संख्या ४० हजार नाघ्याे

khabarwave
१६ भाद्र २०७७

काठमाण्डाै। देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ ।२४ घण्टामा देशभर थप १हजार०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए । २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको र कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगिसकेको छ ।

 

 

 

 

 

Loading spinner