८९९ जनामा कोरोनाभाइरस संक्रमण

khabarwave
१५ भाद्र २०७७

१६ जना भेन्टिलेटरमा 

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।

यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।

मृतकको विवरण
नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। गौतमले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

प्रदेशगत विवरण
आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । जसमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ७०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५३, बामगती प्रदेशमा १ हजार ३ सय २८ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ३०, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८७, प्रदेश नम्बर २ मा २ हजार ६२, बामगती प्रदेशमा ४ हजार ४ सय ८ र गण्डकी प्रदेशमा ५ सय ३० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ७३, कर्णाली प्रदेशमा ३ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ गरी देशभरी १० हजार ७ सय १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर १ मा ५ सय १०, प्रदेश नम्बर २ मा ४ हजार ५५, बामगती प्रदेशमा २ हजार ४२ र गण्डकी प्रदेशमा १८ जना संक्रमित रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १ सय २० गरी देशभरी होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन । जसमा प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ३८ जना, बामगती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १७ गरी देशभरी १ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा १, प्रदेश नम्बर २ मा १३ र बामगती प्रदेशमा २ जना गरी १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन । आज ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् ।

 

Loading spinner