नेतृत्व हत्याउन काँग्रेसमा दर्जन आकाङ्क्षी

khabarwave
१२ भाद्र २०७७

 

काठमाडौँ ।महाधिबेशनकाे मिति टुगंो नलाग्दै नेपाली राजनीतिमा नेपाली काँग्रेसको भावी नेतृत्वको विषय चर्चाको केन्द्रमा छ । फागुन ७ गतेलाई केन्द्रमा राखेर १४औँ महाधिवेशनबाट नेतृत्व हत्याउन दर्जन आकाङ्क्षी सार्वजनिक भएपछि काँग्रेसको भावी नेतृत्वबारे चर्चा र बहस सतहमा आएको छ ।अहिले काँग्रेसमा विद्यमान तीनवटा गुटमध्ये सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् ।यस्तै देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा।

यस्तै पौडेल समूहबाटै डा। रामशरण महत र अर्जुननरसिंह केसी पनि सभापति पदका आकाङ्क्षी छन् । सिटौला समूहबाट गगन थापा पनि सभापतिकै दौडमा छन् । तर किन र केका लागि सभापतिमा आफ्नो दाबी भन्ने कुरामा अधिकांश आकाङ्क्षीमा प्रष्टता छैन ।

सभापतिमा फेरि दोहोरिन लागिपरेका वर्तमान सभापति शेरबहादुर देउवा  पार्टी र सरकारको नेतृत्वमा परीक्षण भइसकेका देउवाले आफू फेरि सभापतिमा आफ्नो आवश्यक पुष्टि गर्ने बलियो आधार छैन ।

०७५ जेठ २६ गते गृह जिल्ला डडेलधुरा पुगेर देउवाले पहिलो पटक पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने उद्घोष गरेका थिए । तीन तहको निर्वाचनमा काँग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि आगामी निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागिरहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने उनको भनाइ थियो र छ । यता वरिष्ठ नेता पौडेलमा पनि ‘काँग्रेसलाई जनताको भरोसाको केन्द्र’ बनाउने भाष्यबाहेक ठोस योजना र नीति छैन । १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेलसँग आफूले मौका नपाएको रोइलो मात्रै छ ।

देउवा र पौडेल दुवैसँग न पार्टी सुधारको कार्यक्रम छ, न त नयाँ विचार नै ।

यस्तो अवस्थामा देउवा र पौडेलबाटै काँग्रेसमा पुनर्ताजकी सम्भव नभएका विश्लेषण भइरहँदा पौडेलले उमेर समूह एउटै हुँदैमा योगदान, चरित्र र क्रियाकलाप एउटै नहुने दाबी पेस गर्छन् ।

यता सभापतिका आकाङ्क्षी उपसभापति निधिसँग पनि इतिहासकै जटिल मोडमा रहेका काँग्रेसलाई नयाँ दिशामा डोर्याउने नीति र कार्यक्रम छैन । उनी २०३६ सालमा आफूप्रति पार्टीका संस्थापक नेता बीपी कोइरालाले देखाएको सदासयताको देउवासँग खोजिरहेका छन् । निधिले सर्वसम्मत नेतृत्व चयनको विषयलाई एजेन्डा बनाएको देखिन्छ । निधिको दाबीमा अस्वीकार जनाएका श्रेष्ठसँग पनि देउवापछि ‘म सिनियर हुँ’ भन्ने बाहेकको एजेन्डा छैन ।

महामन्त्री शशांक कोइराला र शेखर कोइराला देउवालाई पराजित गराउने प्रमुख एजेन्डाका साथ प्रस्तुत भइरहको पाइन्छ ।

‘देउवालाई हराउन सक्ने म मात्रै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरू जोकसैले पनि सक्दैन यो ग्यारेन्टीका साथ भन्न चाहन्छु, मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन,’ बीपी पुत्र शशांकको दाबी छ । यस्तै दाबी छ, बीपीका भतिजा शेखरको पनि । उनीहरु देउवालाई हराउन आफ्नो उम्मेदवारीलाई परिहार्यका रूपमा अथ्र्याउँदै आएका छन् ।

सभापतिकै दाबी गरिरहेका गणेशमान पुत्र प्रकाशमान सिंह पनि कोइरालाद्वयकै एजेन्डा वरिपरि देखिन्छन् । सिंहका लागि पनि देउवालाई हराउने विषय नै प्रधान बनेको छ । उनीहरूले देउवालाई पराजित गर्न सक्नु नै आफ्नो योग्यता ठानेका पाइन्छ ।

यता सिटौलाले भने सभापतिमा आकाङ्क्षा राखे पनि खुलेर आइसकेको अवस्था छैन । नेता थापाले भने केही सैद्धान्तिक विषय उठाएको पाइन्छ ।

पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्ने कुरालाई थापाले एजेन्डा बनाएका छन् ।

यस्तै पार्टी सभापति चयनको प्रक्रिया पनि क्रियाशील सदस्यबाटै गराउने विषय थापाले अगाडि सारेका छन् । यसरी हेर्दा राजनीतिक मुद्दा र स्पष्ट कार्यक्रमभन्दा धेरै नेताहरूले देउवाको अलोकप्रियतामा चुनाव जित्ने दाउमा छन् ।

यतिबेला विचार, सिद्धान्त र कार्यक्रमभन्दा व्यक्तिगत महत्वाकाङ्क्षा प्रकट भएको काँग्रेस नेताहरुको भनाइ छ । नेतृत्वको दाबी गर्ने अधिकांशसँग पार्टीलाई पुनर्जीवन दिने तथा देश र जनताका समस्यासँग जुध्ने दीर्घकालीन योजना नभएको टिप्पणी हुन थालेको छ ।

 

 

Loading spinner