नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

khabarwave
१२ भाद्र २०७७

काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

 

Loading spinner