खुल्यो विदेशबाट आउने विद्यार्थीको बाटो

khabarwave
५ भाद्र २०७७

सिड्नी । कोरोनाको महामारीका कारण अध्ययन स्थगन गर्न बाध्य भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाले स्वदेश आउन दिने निर्णय गरेको छ । अस्ट्रेलिया सरकारको यस्तो निर्णयले नेपाली विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् । यहाँका ब्यापार मन्त्री साइमन बर्मिङ्ह्मले आइतबार उक्त कुरा बताएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ । पत्रिकाको अनलाइन संस्करणअनुसार पहिलोपटक साउथ अस्ट्रेलियाको एडिलाइडमा तीनसय विध्यार्थीलाई आउन दिइने छ । एडिलाइड आइपुग्ने सबै बिध्यार्थीलाई सुरूमा क्वारेन्टिनमा राखिनेछ । दुई हप्तापछि उनीहरुले आफ्नो अध्ययन सुरु गर्न पाउनेछन् । हाल चीन, भारत, नेपाल र भियतनामबाट अस्ट्रेलिया आउनुपर्ने हजारौं विद्यार्थीहरू आ–आफ्ना देशमा अड्किएका छन् । उनीहरुको क्वारेन्टाइनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगर्ने यहाँको सरकारले स्पष्ट पारेको छ ।

Loading spinner