औचित्य सिद्धिएको गठबन्धन र नेकाको भूमिका

khabarwave
१ भाद्र २०७९

स्थानीय तहमा गरिएको गठ बन्धनलाई मंसीर ४ मा हुन गै रहेको संघ र प्रदेशको चुनावमा पनि निरन्तरता दिन गठ बन्धनका पात्रहरू करीब करीब सहमत भै सकेका छन्। यस पटक स्थानीय तहको चुनावमा भएको गठ बन्धनको समीक्षा सतही रूपमा गरेर यसलाई निरन्तरता दिन खोजिएको छ। हुन त यो गठ बन्धनको एउटै मात्र उद्देश्य थियो- त्यो हो नेकपा एमाले प्रभावलाई सीमित राख्ने। स्थानीय तहमा सम्पन्न निर्वाचित पदहरूको संख्यालाई हेर्दा नेकाले प्रमुखमा ४३.७%, एमालेले २७.४% स्थानमा विजय प्राप्त गरेको देखिए पनि अन्य पदहरू समेतमा पाएको मत परिणामले त्यस्तो देखाएन।

किनभने एकमुष्ट परिणाम हेर्दा नेकपा एमालेको स्थान करीव नेकाको बराबरीमा देखियो। यो गठबन्धन बमोजिम निर्वाचनमा जादा अन्य दलको तुलनामा नेका भित्र बढी असन्तुष्ठी देखियो र यो असन्तुष्ठी सो स्थानीय चुनाव पछि अझै बढेको छ। बढ्दै गएको यो असन्तुष्ठी बीच हुन गै रहेको मंसीर ४ को चुनावमा यसको असर नपर्ला भन्न सकिदैन। त्यसैगरी गठबन्धनको नेत्तृत्त्व गरेको कारणले यस बीचमा सरकारका काम कारवाहीका कारण देखा परेका कमी कमजोरीको अपजसबाट पनि नेकाले उन्मुक्ति पाउने देखिदैन।

यस बीचमा दल बदल सम्बन्धी अध्यादेश, एम सी सी प्रकरण, प्रधान न्यायाधीश उपरको महाअभियोग प्रकरण, जनार्दन प्रकरण, गभर्नर प्रकरण , कतिपय कुटनीतिक विषयहरू सम्बन्धमा देखिएका विवादहरूको भार पुष्टी गर्ने जिम्मा सरकार प्रमुखका नाताले नेका उपर परेको छ तर नेकाले यसलाई अन्देखा गरी बसेको छ र यसको अशर आगामी निर्वाचनमा अवश्य पर्ने देखिन्छ। पार्टी सभापतिको रूपमा रहेका देऊवा विगतमा नेकाको विभाजनको तूष आफू संग विमती राख्नेहरू संग अझै पनि असुल गर्ने कोशिसमा छन् जसको अशर स्वभावैले मंसीर ४ को निर्वाचनमा पर्छ।

यसको छनक स्थानीय तहको निर्वाचनले दिएकै हो तर पनि खोलो तर्यो लौरो बिर्स्यो भने जस्तो गरेर त्यसलाई वेवास्ता गरिएको छ। यो समस्यालाई आखा चिम्लेर बस्दा यसको अशर आगामी निर्वाचनमा नपर्ला भन्न सकिदैन। पार्टी भित्रको विवाद यथावत राखेर त्यसको क्षतिपूर्ति स्वार्थको लागि जोडिएका गठबन्धनका पात्रबाट गराउन खोजेका हुन भने देऊवाले आफ्नो खुट्टामा आफैले बन्चरो हान्दैछन्।

यो स्थितिले न रहे बांस, न बजे बांसुरीको स्थितिमा पुर्याउने छ प्रजातन्त्रको पर्याय बनेको नेकालाई। गठ बन्धनका पात्रहरू अहिले स्थानहरूको मोलमोलाईको अवस्थामा पुगेका छन्। यिनीहरू आफ्नो औकातलाई बिर्सेर नेकाको प्रभावलाई न्युनीकरण गर्दै चिलिमले घैटो फुटाउने दाउमा लागेका छन्। यो कुरा नबुझेर हो वा पार्टीको आन्तरिक द्वन्दलाई समाधान गर्न नसकेर हो नेकाको पार्टी नेत्तृत्त्व क्रमशः नरम बन्दै गएको पाईएको छ।

यो गठवन्धनको उद्देश्य लोक तन्त्र र संसदीय ब्यबस्थालाई बलियो बनाउने हुनु पर्नेमा साम्यवादलाई गन्तब्य ठानेका दलहरू संग कांधमा कांध मिलाएर प्रजातान्त्रिक मूल्यमान्यतालाई निमिट्यान्न पार्ने तर्फ उन्मुख हुदै गएको छ। मुलुकले यूवाको नेत्तृत्त्व चाही रहेको बेला बृद्ध भत्ता खादै देऊघाटमा बस्ने हैसियतका नेताहरू होक्का गर्दै अगाडि बढ्न खोज्दै छन् जुन देश र जनताको लागि अभिशाप नै हो। ओलीले संविधानको मर्मलाई खेलवाड गरे, ओली संग मिलेर गठवन्धन वा समीकरण गरेका दलका नेतालाई गणना गरेनन् भनेर तिनीहरू बीच देखिएको असन्तुष्ठीलाई नेकाले संवोधन गरेको कुरा बिर्सेर नेकपाबाट बाहिरिएका गठबन्धनका पात्रहरूले नेकालाई घुर्क्याई रहेका छन् र यिनीहरू त्यसबेला सम्म नेका संगको गठबन्धनमा बस्छन् जब सम्म ओलीले सिठ्ठी फुक्दैनन्।

ओलीको ईशारा पाए भने यिनीहरू पस्केको भातै छोडेर पनि कुदी हाल्छन् जसरी पहिला कुदेका थिए। नेपालीमा एउटा उखान छ “ भ्यागुताको धार्नी पुग्दैन” भने जस्तै यिनीहरू कुद्नलाई स्ट्यांड बाई भएर बसेका छन् र केवल ओलीको सिठ्ठी पर्खेर बसेका छन्। त्यसैले न यिनीहरू संग गन्तब्य मिल्छ, न यिनीहरू मनबाट गठबन्धनमा सहभागी भएका हुन्, न त यिनीहरूले आफ्नो वर्ग शत्रुको सूचीबाट नेकालाई हटाएका छन्, यस्ताको मतियार भएर यिनीहरूको अस्तित्वको संरक्षणका लागि नेकाले ( खासगरी देऊवा पक्षले) किन कांचो पानीमा पिठो हालेको छ? बुझी नसक्नु छ।

यसैले यी कम्युनिष्ट एक हुने बेला सम्म काधमा राखेर हिड्ने काम नेकाले आजै छोड्न सके मुलुकमा प्रजातन्त्रको भविष्य राम्रो देखिन्छ। स्थानीय तहको निर्वाचनमा नेका को पक्षमा देखिएको परिणामले जनताको मनमा नेकाले राखेको स्थानलाई मापन गरेको मान्न सकिदैन। किनभने ती मत केवल नेकाका मतदाताको मात्र हैन। ती मतलाई गठबन्धनका मत हुन् भनेर मानिन्छ। यसरी मत पाउनु भनेको सुनिएर मोटाएको जस्तो हो। त्यसैले यो परिणामलाई लिएर नेका हौंसिनुको कुनै अर्थ छैन र यसैलाई आधार मानेर मंसीरको चुनावलाई आंकलन गर्न हतारो नै हुन्छ। यसैले यो गठबन्धन केवल आधा दर्जन वयोवृद्धलाई जिताउने प्रयास बाहेक केही हैन।

Loading spinner