पतंजलि योगपीठ नेपालका ट्रष्टी सिंहकाे भारत भ्रमणमा महत्बपूर्ण भेटघाट

khabarwave
२८ श्रावण २०७८

काठमाण्डाै । भारतको सद्भाव भ्रमणमा रहनु भएका पतंजलि योगपीठ नेपालका ट्रष्टी एवं वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष ई.शालीग्राम सिँहले भारतका विभिन्न विशिष्ट व्यक्तित्वहरु संग भेटघाट गरी नेपाल र भारत विचको सामाजिक, साँस्कृतिक आर्थिक राजनैतिक, कुटनीतिक सम्वन्धलाई अझ उचाईमा पुर्याउने काम गर्नु भएको छ । त्यहाँ रहँदा भारतका Minister of state for social Justice and empowerment  मन्त्री  रामदास अथवाले संगको भेटका क्रममा नेपालको सामाजिक तथा साँस्कृति विकासको लागि भारतले जहिले पनि नेपालको साथ दिने र हालको कोरोना महामारीबाट जोगिन भारतले सुरक्षाका सामाग्रीको साथसाथै खोपको लागि पनि आवश्यक पहल गर्ने मन्त्रीले विश्वास दिलाएका छन् । भेटघाटका क्रममा सिँहले मन्त्रीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका थिए, सो निमन्त्रणा स्वीकार गरी अथवालेले आफूले पनि नेपालको छिट्टै भ्रमण गर्न चाहेको इच्छा जाहेर गरेको वताइएको छ । भेटमा सिँहले नेपाल र भारत विच सामाजिक साँस्कृतिक धार्मिक र राजनैतिक समानता रहेकोले दुई देश विचको साँस्कृतिक आदान प्रदानमा दुई देश विच सहकार्य र भाइचाराको सम्वन्ध स्थापना हुनु पर्नेमा जोड दिएका थिए ।
यसै गरी भ्रमणको सिलसीलामा सिँहले भारतका Indian Theater Director अरवीन्द गौर संग भेटघाट गरी नेपालको साँस्कृतिक, कला साहित्य, संगीतका वारेमा जानकारी दिएको वताएका छन् गौरले पनि नेपाल र भारत को कला साहित्यमा धेरै समानता रहेको वताउदैं नेपाली कला संस्कृति, साहित्य र संगीतको पारखी तथा अध्ययन गर्न इच्छछुक भएको वताएका छन् । नेपाल र भारत विचको सम्वन्धलाई प्रगाढ वनाउन कला साहित्यले महत्वपूर्ण योगदान पुर्याएको दुवैले उल्लेख गरेका छन् ।
त्यसैगरी भारतीय जनता पार्टिका विदेश विभाग प्रमुख Dr. Vijay Chauthaiwale संगको भेटघाटका क्रममा नेपालम पछिल्लो समयमा विकसी राजनितिक घटनाक्रम र त्यसमा भारतको चासो र सहयोगका वारेमा छलफल गरेको सिँहले जानकारी दिएका छन् । उनले भारतले नेपालमा लोकतन्त्र स्थापना र कार्यान्वयनमा भारतको सदैव सद्भाव रहने र भारतले नेपालको सार्वभौम तथा स्वतन्त्रताको सदैव सम्मान व्यक्त गर्दै भाइचारको सम्वन्धभित्र रही आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको वताएका छन् ।
त्यसैगरी भारतीय जनता पार्टिका पूर्व उपाध्यक्ष Shyam jaju संगको भेटघाटका क्रममा नेपालको पछिल्लो राजनैतिक घटना क्रमलाई भारतले नजिकबाट नियालीरहेको र नेपालमा सदैव स्थायीत्व कायम रहोस् भन्ने भारतीय जनता पार्टिको चाहना रहेको वताएका छन् ।
त्यसै गरी भ्रमणका क्रममा सिँहले भारतका अल इन्डिया पञ्चायत परिषद्का अध्यक्ष  वाल्मिकी प्रसाद सिँह, संग भेटघाट गरी समसामयिक विषयम छलफल गरेको वताएका छन् ।
भम्रणका क्रममा आफूले नेपालको सामाजिक साँस्कृतिक, आर्थिक, धार्मिक विकासको लागि भारतलाई सहयोग गरिदिन र नेपालमा कोरोना महामारीबाट वच्नको लागि भारतको तर्फबाट आवश्यक पहल गरिदिन अनुरोध गरेको र उनीहररुले पनि भारत नेपालको हरेक सुख दुखमा सदैव साथ रहने र आवश्यक सहयोगको लागि पहल गर्ने वताएको सिँहले जानकारी दिनुभएको छ ।
भेटघाटका क्रममा सिँहले सवैलाई नेपाल भ्रमणको निमन्त्रण पनि दिनु भएको जानकारी दिनुभएको छ । नेपाल धार्मिक, साँस्कृति, प्राकृतिक सम्पदाले सम्पन्न भएको देश भएकोले नेपालको पशुपति दर्शन, जानकी मन्दीर दर्शन तथा मुक्तिनाथ दर्शनको लागि सवैलाई व्यक्तिगत रुपमा निमन्त्रण दिनु भएको छ ।

Loading spinner