समयलाई बुझेर गरिने कामको महत्त्व

khabarwave
२० श्रावण २०७८

आदानस्य प्रदानस्य कर्तव्यस्य च कर्मण:। क्षिप्रम् अक्रियमाणस्य काल: पिबति तद्रसम्॥ चाणक्यका नीतिहरू कति ब्यबहारिक र उपयोगी छन् भन्ने कुरा यसका हरेक शब्दका तौलहरूले पुष्ट्याई गर्छन्। यो श्लोक पनि त्यत्ति कै ओजपूर्ण छ जति अन्य श्लोक छन्। यो श्लोकले समयको महत्व कति छ भन्ने दर्शाउछ। कुनै पनि गर्नु पर्ने काम यथासमय मै गरिएन भने त्यसो नतिजा काम गर्ने कर्ताले नपाएर समय संगै खेर जान्छ भन्न खोजेको छ यो श्लोक ले। हाम्रो समाजमा पनि एउटा कहावत चर्चामा छ त्यो हो “फलामलाई पनि आफ्नो आकारमा ल्यउन फलाम तातेको बेला मै हान्नु पर्छ”।

हुन पनि हो समय नै बलवान हुन्छ। समयको महत्वका बारेमा यहा एउटा खेलको प्रसंगलाई उल्लेख गर्न उपयुक्त देखिन्छ। अगस्त ३ मा जापानको टोकियोमा भएको ओलम्पिक २०२० को फुटबल(सकर) खेलको फाईनल भन्दा अगाडिको खेल सेमी फाईनल भै रहदा पहिलो खेल ब्राजिल र मेक्सिको बीच र दोश्रो खेल आयोजक राष्ट्र जापान र स्पेन बीच भएको थियो। समयको सदुपयोगको विषय पहिलो खेलमा हैन दोश्रो खेलमा बढी चरीतार्थ रह्यो।

किनभने निर्धारित समय भित्र जापान र स्पेन कुनैले गोल गर्न नसके पछि थप ३० मिनेटको पहिलो १५ मिनेट निर्णायक रह्यो। खेलको ११० मिनेटमा आयोजक राष्ट्र जापानले पाएको पेनाल्टी किक प्रहार गर्न चुक्यो जुन जापानले प्राप्त गरेको मौका थियो, अझ भनौ भने ११० औ मिनेटमा तातेको फलामलाई जापानले हान्न सकेन तर त्यसको बदलामा ४ मिनेट पछि स्पेनले जापान बिरूद्ध गोल गरेर आफूलाई फाईनलमा लग्न सफल भयो। यसरी समयको सदुपयोग गर्न नसक्नाले आयोजक राष्ट्र जापान यो खेलमा ईतिहास रच्नबाट बन्चित रह्यो।

यसरी समयलाई चिनेर त्यसलाई आफ्नो विजयमा प्रयोग गर्ने श्रेय सबैले पाउन सक्दैनन् तर जसले मौका पाएर पनि सो समयबाट फाईदा लिन सक्दैनन् तिनीहरूलाई उक्त खेलमा जापानलाई जस्तै पश्चाताप पर्न सक्छ। हाम्रो देशको राजनीतिलाई हेर्ने हो यस्ता मौकाहरू पटक पटक चुकेका पाईन्छन्।बेलैमा नेताले होस् पुर्याउन नसक्दा राजनीतिका मार्गहरूमा अनगिन्ति घुम्तीहरू देखा परेर गन्तब्यमा पुग्न ढिला भएका कैहौ उदाहरण प्रस्तुत गर्न सकिन्छ।

नेपालमा राणा शासनको अन्त्य हुन शताब्दी लाग्नु, समय मै राजतन्त्रलाई लोक तान्त्रिक बनाउन नसक्नु र लोक तान्त्रिक भएको राजतन्त्रलाई दीगो बनाउन नसक्नु र गण तन्त्र भित्र लोक तन्त्रलाई आवश्यक स्थान दिन नसक्नु जस्ता विकृतिहरू जसरी राजनीतिक दृश्यमा देखिए ती सबै समयलाई सदुपयोग गर्न नसक्नुका परिणाम हुन।नेपालको वर्तमान राजनीतिक वातावरणलाई हेर्ने हो भने अहिले देउवाजीको नेत्तृत्त्वमा बनेको वर्तमान सरकारलाई पेनाल्टी हान्ने मौका आएको छ, यसलाई सदुपयोग गर्न सक्यो भने यो नेत्तृत्त्वले गर्ने गोलबाट नेकाको ईतिहास कायम रहन्छ, लोक तन्त्र संस्थागत हुन्छ, वैदेशिक सम्बन्ध भर पर्दो र विश्वसनीय हुन्छ,संवैधानिक दायरा भित्र बिभिन्न बिचारहरू समेटिन सक्छन्, सबल र सक्षम राजनेताहरू अगाडि बढ्ने वातावरण बन्न सक्छ, देश र जनताले सुदृढ र सबल सुशासनको अनुभूति गर्न पाउछ तर यो पेनाल्टी मिस भयो भने यो खेल मैदान अरूका लागि खाली गरीदिनु पर्ने स्थिति बन्नसक्छ । त्यसैले ढिला नगरीकन गोल पोस्टमा बल छिराउन यो सरकार चुक्न हुदैन।

Loading spinner