गृहमन्त्रीलाई भेटेर सूर्तिजन्य पदार्थ विरुद्धको कानुन कार्यान्वयनमा जोड

khabarwave
१० श्रावण २०७८

काठमाडौं । सूर्तिजन्य पदार्थको प्रयोग घटाएर स्वस्थ नेपाल बनाउने अभियानमा रहेको नेपाल अर्वुद रोग निवारण संस्थाले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटी बधाईसँगै सूर्तिजन्य पदार्थविरुद्धका कानुन कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ ।
नेपाल अर्वुद रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठ, कार्यवाहक अध्यक्ष महेश श्रेष्ठ, महासचिव विमल होडा, संखुवासभाका सभापति दिपेन श्रेष्ठ, संस्थाका प्रशासकीय प्रमुख सुरेश सापकोटाको टोलीले गृहमन्त्री खाँणलाई बधाई दिँदै सूर्तिजन्य पदार्थको प्रयोग र यसले उब्जाएका बिकराल समस्याका बारेमा अवत गराएको थियो ।
सूर्तिजन्य दार्थको नियन्त्रण गर्न थुप्रै कानुनहरु बने पनि त्यसको कार्यान्वय पक्ष फितलो हुँदा जहाँसुकै जुनसुकै पसलमा पनि सूर्तिजन्य पदार्थको बिक्री वितरण भइरहेको जानकारी दिँदै
कानुनले निर्धारण गरेको मापदण्डभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण हुनुपर्नेमा जोड दिइएको थियो ।
वार्षिक २७ हजार भन्दा बढी नेपालीको मृत्युको कारण सूर्तिजन्य पदार्थले सिर्जित गरेको समस्या बन्दै आएको छ भने सूर्तिजन्य पदार्थले निम्त्याएका क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचारमा ४० अर्ब रुपैयाँ खर्च हुने गरेको अध्ययनहरुले देखाएको छ ।

Loading spinner