शिवशक्ति समूहकाे अग्रसरतामा बाँडियाे राहत

khabarwave
२० असार २०७८

काठमाडौं । कोरोना कहरले मुलुक आक्रान्त बन्दा श्रमिक र तल्लो वर्ग चपेटामा परेका छन् । लगातारको बन्दाबन्दीले दैनिक श्रम गरेर बाँच्ने वर्गको चुल्लो बल्न छाडेपछि सहयोगी हातहरु बढिरहेका छन् । यही बेला शिवशक्ति समूहका प्रवन्ध निर्देशक रोशन श्रेष्ठले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै गोदाबरीको देवीचौर छोटी डाँडा र महालक्ष्मी नगरपालिकाको लामाटारमा विपन्न वर्गका नागरिकलाई खाद्यान्न वितरण गरिएको छ । संस्थाको अग्रसरतामा अन्य स्थानमा पनि यस्ता सामाजिक कार्य भइरहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन् । नेपाल अर्वुद रोग निवारण संस्था निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा ललितपुरको गोदाबरीको देवीचौर छोटी डाँडा भएको खाद्यान्न वितरण कार्यक्रमको वडा नं. ७ का वडाध्यक्ष गिरीप्रसाद तिमिल्सिना कार्यक्रम सञ्चालन सहजीकरण गर्नुभएको थियो । यसैगरी महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि विपन्न दलित समुदायलाई खाद्यान्न लगायत नगदे बाली र तरकारीका बिउ वितरण गरिएको छ । शिवशक्ति समूहकै आयोजनामा यसबाहेकका विभिन्न स्थानका २५० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । राहत वितरण कार्यक्रममा प्रमुख अतिथि ईश्वर श्रेष्ठले राहत भन्दा पनि शिपमुलम तालिमको व्यवस्था गर्न सके र नगदे बालितर्फ प्रेरित गरी आयआर्जनतर्फ अग्रसर गराउन सके आम नागरिकको जीवनस्तर उकासिने कुरामा जोड दिनुभएको थियो । राहत वितरण कार्यक्रममा राष्ट्रिय उभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, समाजसेवी तथा पूर्व प्राध्यापक पुरुषोत्तम नेपाल, युवा समाजसेवी अजय तामाङले सहजीकरण गरिदिनुभएको थियो । ललितपुरको मंगलबजारबाट २५ किलोमिटरको दुरीमा रहेको सो स्थान आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्य मानिएको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस स्थानमा कार्ययोजना बनाए वडाले हाइकिङ, टे«किङको प्रचार गराउन सक्यो भने शहरमा गुम्सिएका शहरवासीलाई निस्कने ठाउँ बन्ने चर्चा कार्यक्रममा भएको थियो ।

Loading spinner