चिकित्सा र समाज सेवामा डा. रामहरिको यात्रा

khabarwave
२९ जेष्ठ २०७९

काठमाडौं । २०५० फागुन २९ गते दुहवी, सुनसरीमा जन्मिएका रामहरि रौनियारले सानजोशेफ सेकेन्डरी बोर्डिङ स्कुल बिराटनगरबाट प्रारम्भिक शिक्षा हुँदै एसएलसीमा डिस्टिङसन हासिल गरेका थिए । त्यसपछि उच्च शिक्षाका लागि राजधानी छिरेका रामहरिले पेन्टागन कलेज, काठमाडौंबाट विज्ञान विषयमा प्लस टु गरेका थिए । उच्च लगावका कारण पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राैनियारले प्लस टुमा समेत डिस्टिङसन हासिल गरेका थिए । रौनियारले शिक्षण अस्पताल महाराजगञ्जमा एमबीबीएस अध्ययनका लागि परीक्षा दिएर नेपाल आर्मि इन्स्टिच्युथ अफ हेल्थ साइन्सबाट एमबीबीएस अध्ययन गरी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि २ वर्षसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मेडिसिन विभाग र एपेक्स अस्पताल इटहरी सुनसरीमा इमर्जेन्सी कार्य गरेका थिए ।
पढाईका अतिरिक्त अध्ययनका क्रममा सामाजिक तथा खेलकुद गतिविधिमा पनि उनको सक्रियता थियो । शिक्षण अस्पतालले आयोजना गरेको इन्टरमेडिकल कलेज ब्याडमिन्टन प्रतियोगिता (प्लेक्सस)२०१६ मा दुई वटा गोल्ड मेडल जितेका उनले नेपाल आर्मिद्वारा आयोजित स्पोट्स सप्ताहमा डान्स, फुटबल, क्रिकेटलगायत विविध प्रतियोगितामा सहभागिता जनाई गोल्ड मेडल प्राप्त गरेका थिए । Comprehensive Clinical Review Major पुस्तकका लेखक टिममा समेत थिए डा. राैनियार । उहाँका Psychological distress among Nepal society during covid pandemic published in Australian journel  र Histopathological Findings on Endometrial Biopsy in a Tertiary Care Center of Nepal: A Retrospective Cross-sectional Study published in Nepal journel रिसर्च पनि प्रकाशित भएका छन् । 

सामाजिक गतिविधिमा पनि सक्रिय डा. रामहरि युथ फर चेञ्ज संस्थाका पूर्व अध्यक्ष हुन् । अध्यक्ष रहेका बेला नेपाल रेडक्रस साेसाइटीसँगकाे सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेका थिए । भने मानव सेवा आश्रम नेपालका स्वयंसेवक चिकित्सक समेत हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सप्तरीको राजविराजमा सञ्चालित १० दिने स्वास्थ्य शिविरमा निःशुल्क र प्रभावकारी सेवा दिएबापत नेपाली सेनाका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाबाट प्रशंसापत्र प्राप्त रौनियार लायन्स क्लब, नेपाल मेडिकल एसोसिएसनको सदस्य रहेका छन् । नेपाल जेसिसले उनको जन्मस्थान दुहवीमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सम्बन्धी चेतना जगाउने काम गरेकोका कारण उनको प्रसंसा स्थानीयवासीले गरेका थिए ।

त्यसैगरी नेपाल मेडिकल एसोसिएसनले आयोजना गरेको कोभिड नियन्त्रण सम्बन्धी तालिम लिई कोभिड नियन्त्रणका गतिविधिमा पनि उनले सक्रिय सहभागिवता जनाएका थिए । एसीएलएस अमेरिकी हार्ट सोसाइटिबाट सर्टिफाइट डा. रौनियारलाई विशेष अदालतले सफाइ दिएकाे छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा कार्यरत डा. राजकुमार राैनियारले भवन निर्माणको मोबिलाइजेसन रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा मुद्दा दर्ता भएकाे र साेही मुद्दामा डा. रामहरिमाथि पनि अभियाेग लगाइएकाे थियाे । उपकुलपतिसँगै डा. रामहिरकाे संलग्नता देखिएकाे आरोप लागेका रामहरिसँगै हाल पुर्व उपकुलपति भइसकेकाे राजकुमारसँगै गत हप्ता सफाइ पाएपछि उनले आफूलाइ अदालतप्रति विश्वास जागेकाे र आगामी यात्रा समाज सेवा र चिकित्सा सेवामा  सक्रिय रहने बताए ।

Loading spinner